Saturday 10th May 2025

बेलायतको दरबार पस्ने कोरोनाले सिंहदरबारलाई बाकी राख्ला ?


तोयानाथ उपेक्षित, बेलायतीकी महारानी एलिजावेद लाई २ साता अघि नै बकिम्गहम दरबारबाट अन्तै सारिएको थियो । कोरोनाको त्रास दरबारमा पहिले नै भएर सारिएको हो । अहिले राजकुमार चाल्र्सको स्वास्थ्य परिक्षण रिर्पोट पोजेटिभ आए पछि उक्त आशंका सहि सावित भएको छ । यो घटनाबाट कोरोना कति जवरजस्त महामारी हो भन्ने सवैले मनन गर्न पर्दछ । लक डाउनको अवज्ञा गर्नेलाई प्रहरीले जति ठोके पनि कमै हुन्छ । यो कुनै राजनैतिक करफर्यु होईन भनेर नबुझ्नेलाई बुझाउने यहि मात्र एक उपाय हो ।

सरसफाई, सुविधा, र सावधानीको कुन स्तर थिएन होला राजकुमारका लागि तर पनि कोरोनाले समातेरै छाड्यो । नेपालमा जस्तै केही साता अघि एकाध संक्रमित रहेका देशहरु आज भयाबह अवस्थामा छन । अझै नेपालले हल्ला धेरै, तयारी र सर्तकता थोरै गरेको छ । अन्य देशमा कोरोनाले मानिसहरुको भागाभाग भईरहदा समेत भिजिट नेपालको प्रचार गर्न नछाड्ने सरकारले जनदवाव को कारण कोरोना रोक्न तदारुकता जुन देखायो यो काम बेला घर्कीएपछि कुखुराको भाले, दशै र सुगुर को कथा जस्तै हुने देखिन्दैछ । उतिवेला भालेको कुरा नमान्ने सुँगुरले दशैको सत्तमी मा भाला रोपेपछि चेते भने जस्तै नेपालमा कोरोनाको कथा नबनोस ।

कोरोना संक्रमित मुलुकबाट आउनेहरुलाई औपचारिकताका लागि लेजर गन मात्र ताकेर छाडिएको दृष्य देखेर नै डव्लु एच ओ ले नेपाललाई उच्च जोखिम रहेको मुलुक भनेर संकेत गरेको थियो । हाम्रो सरकारलाई मोदीले के गर्दछन अनि त्यसै गरौला भनेर पर्खदा ठिक भयो । अहिले नेपालमा कोरोना संक्रमितहरु भटाभट देखिन थालेका छन । अहिले नेपालमा देखिएको संक्रमितको संख्या फेब्रवरीमा २ मा ईटलीमा देखिएको संख्या हो तर दुई महिना नपुग्दै त्यहाँ का राष्ट्रध्यक्षहरु स्थिती समाल्न नसकेर रोईरहेका छन भने सामुहिक चिहानका हृदयविदारक दृष्य देखिन थालेका छन । डाक्टर नर्स, अस्पताल र औषधी उपचारको अभावमा कोरोना संक्रमित सडक सडकमा सुतेका छन । उपचार नपाएर मर्नेको संख्या बढिरहेको छ ।

यतिवेला विश्वमा भरमा करफर्यु र लक डाउनमा गरी दुई अरब ५० करोड मानिस घरभित्र थुनिएका छन तर पनि महामारि त्यतिकै शान्त हुने अवस्थामा छैन । नेपालमा बल्लतल्ल लक डाउन गरिएको भए पनि त्यसालाई पालना गर्न नागरिक को लापर्वाही त्यति कै छ भने सरकारले यसलाई कडाईका साथ लागु गर्न सकिरहेको छैन । कम्तिमा पनि एक महिना अघि देखि विदेशबाट स्वदेश भित्रिएकाहरु सवैको स्वास्थ्य परिक्षण गर्न सरकारले आव्हान समेत गर्न सकिरहेको छैन । किनकी त्यो हजारौको संख्या हुन जान्छ । केही सय मानिसको परिक्षणमा रमाउने स्वास्थ्य मन्त्रालय ले दुनिया हसाउदैछ । क्षमता नै नभएको देशले झन बेलैमा सावधानि अपनाउनु पर्नेमा उल्टै भिजिट नेपालको ईगो पालेर सरकार ले गंभिर लापर्वाही गरिसकेको छ ।

अझै पनि नागरिकहरुले आ आफ्नो समाज र गाउँ र घरमा को विदेशबाट कहिले आयो उसको स्वास्थ्य अवस्था कस्तो छ भनेर निगरानी बढाउन र उनीहरुसँग दुरी बढाउन ढिला गर्नु हुदैन । सरकारले गरेको लक डाउन र बन्द त विश्वलाई देखाउने नाटक जस्तो लाग्दछ । सरकार जति गैह जिम्मेवार भए पछि नागरिक जिम्मेवार बनेर मुलुक र जनता जोगाउने बेला हो यो । स्वास्थ्य मन्त्रीले बल्ल काम पाए जस्तो देखिन्छ । कहिले कोरोनाको संक्रमित मानिस फेला पर्दछ र सुनाउने भनेर कुरेर बसेका छन । यस्तो लाग्छ यो क्षेत्रमा त्यो बाहेक उनले गर्ने अरु काम प्रमुख कुरा होईनन । उनको कार्य आफैमा भद्दा त छ नै संक्रमितको संख्या सुनाएर बस्ने उनको कार्य त्यति नै दुःखद छ । महामारी रोक्न कहाँ कहाँ के के तयारी हुदैछ ? जनस्वास्थ्यका नाममा खोलिएका गैह सरकारी ईन्टिच्युटहरुको रबैया लाई नियन्त्रीत र जिम्मेवार बनाउन के काम हुदैछ ? यी यावतमा जनचासो बढेको छ यसको जवाफ मन्त्रीले दिन पर्दैन । आईसीयु, भेन्टीलेटर बढाउने, कीट र औषधीको भण्डारण गर्न ध्यान दिन पर्ने होईन । स्वास्थ्य सेवा का लागि समुदायबाट भोलेन्टियर का लागि युवाहरुलाई आव्हान गरेर उनीहरुलाई दक्ष प्राविधिक बाट तालिम दिएर तयारी गर्न पर्ने होईन ? मास्क, सानिटाईजर र ओभरल सुरक्षा कवजहरु को जोह गर्न लाग्न पर्ने होईनर ? देशका धनाढ्य र विदेशसँग बेलैमा स्वास्थ्य उपचार कोषका लागि आर्थिक तयारी गर्न पर्दैन ? महामारीले गाजे पछि सरकारले रोए त्यो गोहीका आँशु बराबर मात्र हुनेछ बेलैमा चेतना भया ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...