Monday 17th August 2026

साउदीमा कोरोना संक्रमण,नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह


तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी बढ्दै गएपछि अधिकारीहरुबाट साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द समेत गरिएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहर भित्र आउन दिइएको छ। सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवा लगायतका सेवाहरु बन्द गरिएको जनाइएको छ ।

उक्त क्षेत्र र वरपर रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न सम्भव सबै उपायहरु अवलम्बन गर्न दूतावासले अनुरोध गरेको छ । साउदीमा सरकारले कोरोनाभाइरसबाट बच्नका लागि देशभरिका सम्पूर्ण विद्यालयहरु, विश्वविद्यालय, मदरसाहरु अर्को सूचना प्रकाशित नभएसम्मकालागि बन्द गरेको छ ।

आइतबार देखि साउदी सरकारले युएई,कुवेत,बहराइन,दक्षिण कोरिया,इटाली,इराक लगायतका देशहरुबाट आवागमनमा रोक लगाएको छ । विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरु विशेष ध्यान दिन दूतावासले आग्रह गरेको छ ।

साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिनसक्ने छन । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न साउदीमा रहेका नेपालीहरुलाई दुतावासले भनेको छ ।

दूतावासकाअनुसार यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको हेल्थ सर्भिस सेन्टरको टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनसकिनेछ । त्यस्तै साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्न अनुरोध गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...