Tuesday 13th January 2026

कोरोना त्रास: नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक


तितोपाटी-कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा तिव्र गतिमा फैलिरहँदा कतारले नेपालसहित १४ देशलाई तत्कालका लागि प्रतिबन्ध लगाएको छ ।

काेरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको हो ।

कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । कतारले यात्रुलाई प्रतिबन्ध लगाएपछि रोजगारीका लागि कतार जान तयारी अवस्थामा रहेका कामदार मर्कामा परेका छन् ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...