Tuesday 27th October 2026

कुवेतमा ३ जनामा कोरोना भाइरस संक्रमणको आशंका, सचेत रहन आग्रह


हरीकृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा फेब्रुअरी २४,२०२० का दिन सम्ममा इरानको मसादबाट आएका ३ यात्रीहरुमा कोरोना भाइरस(१९)को संक्रमण भएको आशंका ब्यक्त गरेको छ।
कुवेत टाइम्स तथा आइमान मात अनलाइन पोर्टरलमा प्रकाशित समाचारमा जनाईए अनुसार कोरोना भाईरसरको संक्रमणको आशंका देखिएका इरानको मसादबाट फर्काइएका यात्रीहरुमा ५३ बर्षिय कुवेती नागरिक,६१ बर्षिय साउदी नागरिक अनि २१ बर्षिय बेदुन नागरिकलाई डाक्टरको प्रत्यक्ष निगरानिमा राखिएको छ।उनिहरुको अवस्था सामान्य रहेको जनाउदै समाचारमा भनिएको छ”उनिहरुलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिए पछि हाइ अलर्टका साथ गर्नु पर्ने सम्पूर्ण स्वस्थ्य प्रबिधिहरुको प्रयोग गर्दै बिशेष मेडिकल टिमको निगरानिमा राखीएको छ।
चिनबाट फैलिएको कोरोना भाईरस यूरोपका केही मुलुकहरु, एशियन मुकुलहरू हुँदै दक्षिण कोरिया तथा मध्यपूर्व फैलदै गईरहेको छ।दुबइमा केही दिन पहिले देखिएको कोरोना भाइरसको संक्रमण आज बाट कुवेत तथा बहराईनमा समेत देखिएको छ।
यसै बिच कुवेतको स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु अबलम्बन गर्न सबैलाई सुचित गरेको छ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...