Thursday 13th November 2025

मानव अधिकार आयोगले सरकारसँग माग्यो कुवेत घटनाको जानकारी


राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए।

माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको मृत्यु भएका समाचार आएका छन्।कति जना नेपाली घाइते भए भन्ने विवरण आएको छैन।आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...