Thursday 27th August 2026

मानव अधिकार आयोगले सरकारसँग माग्यो कुवेत घटनाको जानकारी


राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए।

माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको मृत्यु भएका समाचार आएका छन्।कति जना नेपाली घाइते भए भन्ने विवरण आएको छैन।आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...