Saturday 11th October 2025

इटाली पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने दुई पक्राउ


तितोपाटी-वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने शम्भु चौधरी र उनका छोरा कृष्ण चौधरी पक्राउ परेका छन्।

उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन देखाएर पर्वत कुश्मा नगरपालिका-१४ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने दिनेश पौडेलसँग उनीहरुले ६ लाख रकम ठगी गरी फरार भएका थिए।

रकम लिएर लामो समयसम्म पनि इटाली नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर एजुकेशन कन्सल्टेन्सीहरुले समेत ठगी गरिरहेको पाइएको छ।

यसमा युवाहरु पनि सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताएका छन्। कन्सल्टेन्सीबाट हुने ठगी नियन्त्रणका लागि विभागले कडाइ गर्ने समेत उनले जानकारी दिए।नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...