Monday 27th April 2026

मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज ३० जनवरीमा हुँदै


तितोपाटी – मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे फाहहिल, फर्वानिया र जलिबदेखी  निःशुल्क यातायातको व्यवस्था गरेको समाजका सहसचिव जयनारायण माझी थारुले जानकारी गराएका छन।

कुवेतको नेपाली समाजमा “मोरङसुनसरी सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नारालाई संस्थाको आर्दश र सिद्धान्तका रूपमा आत्मासाथ गर्दै स्थापना भएको समाजले कुवेतमा रोजगारीको सिलसिलामा आइ अलपत्र परेका, आपत बिपतमा परेका नेपालीहरुको उद्धार गर्नुको साथै आर्थिक सहयोग गर्दै आएको छ। समाजले स्वदेशमा समेत दुःखी, गरीब र असहायहरुलाई पनि सक्दो आर्थिक सहयोग गर्दै आएको छ।

वार्षिक उत्सव तथा वनभोज कार्यक्रममा उपस्थितिको लागि कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडीहरुलाई निमन्त्रणा गरिसकिएको छ। यदि कुनै कारण बस निमन्त्रणा गर्न छुट्न गएको खण्डमा यसै समाचारलाई निमन्त्रणा मानी उक्त दिनको कार्यक्रममा उपस्थित भइ शोभा बढाई दिनुहुन कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेत समाजका अध्यक्ष अरुण लिम्बुले हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रम हुने स्थान, मिति, समय र बस लाग्ने स्थान र समय तपसिल बमोजिम रहेको छ ।
स्थान : वाफ्रा, कुवेत
मिति : ३०-३१ जनवरी २०२० ।
समय : बेलुका ९ बजे  देखि दिनको ठिक १२ बजे सम्म ।
बस लाग्ने स्थान: फर्वानिया, जलिब र फाहहिल ।
बस छुट्ने समय: साँझ ६ बजे

सम्पर्कको लागी:-
अरुण लिम्बु- 55454818
नानुराज बराल – 60985718
जय नारायण माझि थारु – 56527663
कुमार बराईली – 97253087


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...