Wednesday 15th May 2024

तमु समाज कुवेतले तमु च्यु ल्होछार धुमधामका साथ मनायो


तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं वार्षिक उत्सव मनाइएको उक्त कार्यक्रम समाजका अध्यक्ष राजु गुरुङको सभाध्यक्षता, महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यता तथा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका पदाधिकारी-प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,समाजसेवी, खेलाडी,कलाकार लगायतको अातिथ्यतामा सम्पन्न भएको हो। ल्होछार कार्यक्रममा कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा तमु दाजुभाइ तथा दिदीबहिनीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

राष्ट्रिय तमू ल्हाेछार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले तमू ल्हाेसारको शुभकामना दिदै आफ्नो रितिरिवाज,कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्ध लाई Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्र लाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने बताए। शभकामना मन्तब्य दिनेहरूमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी,नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ,किरात राई यायोक्खा शखा कुबेतका अध्यक्ष मन्जित राई, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुबेतका अध्यक्ष डम्बर रिमाल, नेवा:गूठी कुवेतका अध्यक्ष सुरज मस्के, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

ल्होछार कार्यक्रममा जान-अाउनको लागि यातायात तथा भोजको ब्यवस्था गरिएको उक्त कार्यक्रममा समाजका सल्लाहकार खोप गुरूङले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए भने समाजले गरेको गतिविधिका बारेमा बरिष्ट सल्लाहकार अमर गुरूङले प्रकाश पारेको उक्त ल्होछार कार्यक्रममा समाजका बरिष्ट सल्लाहकार अमर गुरुङले पूजा पाठ अनी धार्मिक परम्परा अनुसार मृग बर्ग र मुसा बर्गका महिला पुरुषहरुलाई शुख शान्तिको कामना गर्दै स्याई स्याई गरी क्रमश ब्यक्तिहरुलाई रिपा लगाई दिएका थिए भने कार्यक्रमलाई समाजका उपाध्यक्ष यम तमू र रन्जना तमुस्योले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

तमु समुदायमा परम्परागत रूपमा खेल्दै अाएको खले छेलो हान्ने, डोरी तान्ने, बेलुन फुटाउने जस्ता खेलकुदको साथमा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि ल्होछार कार्यक्रममा प्रस्तुत गरिएको थियो भने छेलो फाल्नेमा खेलमा प्रथम विष्णु थापा मगर र दोस्रो रणबहादुर बिक भएका थिए। त्यस्तै डोरी तान्ने महिला प्रतियोगितामा ३ टिमले भाग लिएका थिए भने पुरुष तर्फ ७ टिमले सभागिता जनाएका थिए जस्मा महिला तर्फ किरात राई यायोक्खा शखा कुबेत प्रथम र तमू प्ये ल्हु संघ कुवेत दाेश्रो भएको थियो भने पुरुष तर्फ नेपाली जनसम्पर्क समिति कुवेत प्रथम भएको थियो भने दोस्रो नेपाल तामाङ घेदुङ कुवैत भएको थियो। यसैगरी महिला हरुको बेलुन फुटाउने खेलमा रिषा तमूस्यो प्रथम र रमिता योञ्जन दोस्रो हुन सफल भए। बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरिएको थियो। त्यसै गरि समाजमा याेगदान दिने हस्तीहरू गोपाल गुरुङ,बुद गुरुङ,भुप्रसाद गुरुङ,सुमित्र गुरुङ,अमृत गुरुङ,लाई मायाको चिनो,सहित खादाले सम्मान गरिएको थियो भने समाजको सबैजान सल्लाहकारहरु लाई पनि समाजले सम्मान गरेको थियो।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...