Friday 2nd October 2026

कुवेतमा मोरङकी कुमारी राजबंशीको मृत्यु


हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो।

नेपाली राजदूतावासका तृतीय सचिब मनोज कुमार सिंहले कुवेतको फर्वानिया अस्पतालमा उपचार गराई रहेकी कुमारीको मृत्यु भएको जानकारी दूतावासमा आईसकेको तितोपाटी डटकमलाई बताए। सिंहले थपे” कुमारी घरेलु महिला कामदारको रुपमा आए पनि पछिल्लो अबस्थामा उनि अबैधानिक रुपमा बाहिर काम गर्दथिन।उनी अबैधानिक भएकोले डिपोर्टेशन(देश निकाला) मार्फत नेपाल फर्कन अप्रबासी सेल्टरमा रहेकै अबस्थामा गत नोभेम्बर-५,२०१९ का दिन बेहोस भएकी थिइन। उनलाई तत्काल फर्वानिया अस्पतालको आईसियूमा पूर्याइएको थियो।मृगौला, पिसाब र छातीमा इन्फेक्शन भएकाले उनलाई आइसियूमै विशेष उपचार गरि राखिएको थियो।”

मृतक कुमारी राजबंशीको परिवार तथा आफन्तहरुसंग समन्वय गरेर उनको शब नेपाल फर्काउने प्रकृया शुरु गरिसकिएको तृतीय सचिबले बताए।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...