Tuesday 13th January 2026

कुवेतमा मोरङकी कुमारी राजबंशीको मृत्यु


हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो।

नेपाली राजदूतावासका तृतीय सचिब मनोज कुमार सिंहले कुवेतको फर्वानिया अस्पतालमा उपचार गराई रहेकी कुमारीको मृत्यु भएको जानकारी दूतावासमा आईसकेको तितोपाटी डटकमलाई बताए। सिंहले थपे” कुमारी घरेलु महिला कामदारको रुपमा आए पनि पछिल्लो अबस्थामा उनि अबैधानिक रुपमा बाहिर काम गर्दथिन।उनी अबैधानिक भएकोले डिपोर्टेशन(देश निकाला) मार्फत नेपाल फर्कन अप्रबासी सेल्टरमा रहेकै अबस्थामा गत नोभेम्बर-५,२०१९ का दिन बेहोस भएकी थिइन। उनलाई तत्काल फर्वानिया अस्पतालको आईसियूमा पूर्याइएको थियो।मृगौला, पिसाब र छातीमा इन्फेक्शन भएकाले उनलाई आइसियूमै विशेष उपचार गरि राखिएको थियो।”

मृतक कुमारी राजबंशीको परिवार तथा आफन्तहरुसंग समन्वय गरेर उनको शब नेपाल फर्काउने प्रकृया शुरु गरिसकिएको तृतीय सचिबले बताए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...