Sunday 19th April 2026

भारतमा बलात्कारका आरोपीलाई सुनाइयो मृत्युदण्डको सजाय


एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।
नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा मृत्युदण्ड दिने फैसला सुनाएको हो । दोषी ठहर भएका उनीहरुलाई माघ ८ गते बिहान ७ बजे मृत्युदण्ड (फाँसी) दिने आदेश दिएको छ ।

बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो। उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो । सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा उनीहरुले २३ वर्षीया निर्भयाको बलात्कार गरेर हत्या गरेको थियो । सो घटनामा ६ जनाको संलग्नता रहेको थियो । घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो । निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि छोरीको आत्मको शान्तिका लागि न्यायको लडाई लड्दै आएकी थिइन् । उनले अदालतले सुनाएको फैसलाको स्वागत गर्दै छोरीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...