Thursday 10th July 2025

कुवेतको जेलमा ५२जना नेपाली, अस्पतालमा अझै ६जना गम्भीर अबस्थामा


हरि कृष्ण न्यौपाने – कुवेतको जेलमा विभिन्न अभियोगमा ५२ जना नेपाली कामदारहरु रहेका छन भने कुवेतको अस्पतालमा विभिन्न रोग तथा दुर्घटनाका कारण ६ जना गम्भीर अबस्थाका नेपाली कामदारहरु उपचार गराई रहेका छन।

नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार कुवेतको जेलमा जुलाई २०१९ सम्मको डाटा हेर्दा ५१ जना पुरुष र १ जना महिला नेपाली कामदारहरुले विभिन्न अभियोगमा जेल सजायँ भोगी रहेका छन। सिंहका अनुसार जेलमा रहेका अधिकांश नेपालीहरु लागू औषध र केही हत्या तथा झगडा अभियोगमा जेल सजायँ भोगी रहेका हुन। साथै विभिन्न अभियोगमा कुवेतको प्रहरी चौकीहरुमा रहेका नेपालीहरु,पक्राउ पर्ने अनि हिरासतमा रहने तथा डिपोर्टेशनका लागि रहेका नेपालीहरुको संख्या हरेक दिन घटबढ भईरहने गर्दछ। यसरी पक्राउ पर्ने तथा विभिन्न अभियोगमा डिपोर्टेशनबाट नेपाल फर्किनको लागि सन २०१९ मा २३०२ जना नेपालीहरुलाई दूतावासले ट्राभल डकुमेन्ट(अस्थाई यात्रा अनुमती पत्र) दिएको सिंहले बताए।

त्यसै गरि नेपाली राजदूतावासको अभिलेखमा सन २०१९ भित्र कुवेतमा २७ जना नेपाली कामदारहरु गम्भीर बिमारी वा घाइते अबस्थामा थिए।त्यस मध्ये १८ जना उपचार पछि केही सुधार भएर स्वदेश फर्किएका छन भने ६ जना नेपालीहरुको अझै गम्भीर अबस्थामा उपचार भैरहेको छ। विभिन्न रोग तथा दुर्घटनाका कारण गम्भीर बिरामी भएर अस्पताल पुर्याइएको मध्ये ३ जनाको मृत्यु भएको दूतावासले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

प्रतिकृयाहरू
...