Tuesday 22nd September 2026

कुवेतको जेलमा ५२जना नेपाली, अस्पतालमा अझै ६जना गम्भीर अबस्थामा


हरि कृष्ण न्यौपाने – कुवेतको जेलमा विभिन्न अभियोगमा ५२ जना नेपाली कामदारहरु रहेका छन भने कुवेतको अस्पतालमा विभिन्न रोग तथा दुर्घटनाका कारण ६ जना गम्भीर अबस्थाका नेपाली कामदारहरु उपचार गराई रहेका छन।

नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार कुवेतको जेलमा जुलाई २०१९ सम्मको डाटा हेर्दा ५१ जना पुरुष र १ जना महिला नेपाली कामदारहरुले विभिन्न अभियोगमा जेल सजायँ भोगी रहेका छन। सिंहका अनुसार जेलमा रहेका अधिकांश नेपालीहरु लागू औषध र केही हत्या तथा झगडा अभियोगमा जेल सजायँ भोगी रहेका हुन। साथै विभिन्न अभियोगमा कुवेतको प्रहरी चौकीहरुमा रहेका नेपालीहरु,पक्राउ पर्ने अनि हिरासतमा रहने तथा डिपोर्टेशनका लागि रहेका नेपालीहरुको संख्या हरेक दिन घटबढ भईरहने गर्दछ। यसरी पक्राउ पर्ने तथा विभिन्न अभियोगमा डिपोर्टेशनबाट नेपाल फर्किनको लागि सन २०१९ मा २३०२ जना नेपालीहरुलाई दूतावासले ट्राभल डकुमेन्ट(अस्थाई यात्रा अनुमती पत्र) दिएको सिंहले बताए।

त्यसै गरि नेपाली राजदूतावासको अभिलेखमा सन २०१९ भित्र कुवेतमा २७ जना नेपाली कामदारहरु गम्भीर बिमारी वा घाइते अबस्थामा थिए।त्यस मध्ये १८ जना उपचार पछि केही सुधार भएर स्वदेश फर्किएका छन भने ६ जना नेपालीहरुको अझै गम्भीर अबस्थामा उपचार भैरहेको छ। विभिन्न रोग तथा दुर्घटनाका कारण गम्भीर बिरामी भएर अस्पताल पुर्याइएको मध्ये ३ जनाको मृत्यु भएको दूतावासले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...