Wednesday 24th June 2026

सागमा एकभन्दा बढी स्वर्णपदक विजेतालाई ११ लाखका दरले पुरस्कार दिने


तितोपाटी – नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका छन् । प्रशिक्षकलाई समेत पाँच लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
अघिल्लो सागमा भन्दा बढी पुरस्कार सरकारले यस पटक दिने भएको छ । अघिल्लो सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो। समूहमा स्वर्ण जित्ने खेलाडीले भने जनही पाँच लाख पाउने छन् ।
नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो। सागमा भारतले १७४ वटा स्वर्ण पदक जितेर पहिलो स्थानमा छ । भने नेपालले ५१ स्वर्ण पदक जितेर दोस्रो स्थानमा छ । नेपालले कुल पदक भने २०६ वटा जितेको छ । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...