Friday 11th July 2025

गजल -अमर खडका


यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि ।
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि ।

उसले पत्थर उठाएकै निहुँमा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि ।

श्रीमती पाएपछि उसले आमा बिर्सियो,भोक बिर्सियो
पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि ।

जाबो एउटा घरसम्म चलाउन सक्दैनौ यार तिमी
देश चलाईरहेका छन यहाँ खेतालाले पनि ।

नदीले बगरमा छोडेपछि म उसैको बन्न पाऊँ
जसले मलाई मार्नकै लागि नदीमा खसाले पनि ।

हाल – कुबेत


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...