Thursday 25th December 2025

कपिलवस्तुमा ७५ वर्षीय बाबुले ४५ वर्षको छोराको हत्या गरे


तितोपाटी – जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।

यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए ।

छोराले दिनहुँ मानसिक तनाब दिने र गाली–गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको मोहनले प्रहरीसामु बयान दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...