Sunday 18th October 2026

टर्कीले सिरियाका कुर्दिश लडाकुको बिरूद्धमा स्थल आक्रमण शुरू गर्यो


तितोपाटी – उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन्। टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ। टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताए।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ। अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ।

राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्वीटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो। यस आक्रमणको कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्। बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए। बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो।

ब्रिटिश विदेशमन्त्रीले टर्कीले गरेको यस हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेक छन्। यस हमलाबाट सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टिने जोखिम उत्पन्न भएको उनले बताए।

बुधबार साँझमा स्थल आक्रमण शुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ। टर्की शुरु गरेको कारबाहीमा जतिसक्दो मानवीय रुपमा सञ्चालन भएन भने उनले देशको अर्थतन्त्रलाई ठूलो असर पारिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। यसबीच लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा ट्रम्पको आलोचना गरेका थिए।

सिरियाली उत्तरी प्रान्तमा शासन गरिरहेका कुर्दले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रको प्रतिरक्षामा लाग्न सर्वसाधारणलाई आग्रह गरिरहेका जानकारी दिएका थिए।
-रासस


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...