Friday 2nd October 2026

वैदेशिक रोजगारीको बिमा प्रिमियम अनलाईनमार्फत्


तितोपाटी-बिमा समितिले पुनः श्रम स्विकृति लिने ग्राहकहरुको बिमा शुल्क अनलाइनमार्फत् बुझ्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगार बिमा पुलमा काम गरिरहेका चार जीवन बिमा कम्पनीलाई पुनः श्रम स्विकृति लिने ग्राहकहरुलाई अनलाइनमार्फत् शुल्क भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारी बिमा पुलमार्फत् नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा जानेहरुका लागि म्यादी जीवन बिमा गर्दै आएका छन् । ग्राहकहरुले विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति लिँदा बिमाको प्रिमियम अनलाइनबाटै लिने व्यवस्था गर्न निर्देशन दिएको समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत् दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेको छ । सरकारले श्रम स्विकृतिलाई सजिलो बनाएसँगै म्यादी बिमाको शुल्क बुझाउने प्रक्रिया सहज गराउन समितिले निर्देशन दिएको हो ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरु अनिवार्य रुपमा म्यादी जीवन बिमा गर्नुपर्छ । अनलाइनको सुरुवात भएसँगै विदेशमा रहेका नेपाली कामदारले अब भिषाको म्याद थप्न र पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । समितिले यसअघि म्यादी जीवन बिमाको कामलाई व्यवस्थित बनाउन पुल प्रणालीको व्यवस्था गरेको थियो । बिमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएपछि यसलाई हटाउन समितिले पुलको व्यवस्था गरेको हो । उक्त प्रणालीमा चार वटा कम्पनीले काम गर्दै आएका छन् ।
समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बिमावापत कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...