Sunday 12th October 2025

अफगानिस्तानमा कार बम विष्फोट, १२ को मृत्यु


तितोपाटी – अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरू रहेका थिए ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकु समूह र वासिंटनबीच शान्तिसम्झौता अन्तिम चरणमा पुग्न लागेको समयमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट घटनाहरू भइररहेको छ ।

काबुलको आवासीय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...