Wednesday 24th December 2025

डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु


एजेन्सी – दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ ।

क्यालिफोर्निया भन्दा ९० माइल टाढा रहेको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३:१५ बजे दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए ।

-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...