Monday 17th August 2026

नेपाललाई जिताउन मैदानमा जाऔं


तोयानाथ उपेक्षित – आगामी विहिवार अर्थात ५ सेप्टे्म्बरका दिन नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतसँग विश्वकपको छनौटका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालमा हुन पर्ने थियो तर दशरथ रंगशाला खेल खेलाउन पूर्ण रुपमा तयारी नभएका ले कुवेतमा हुन लागेको हो । सन २०२२ मा कतारमा हुने विश्वकप छनौट को शिलशिलामा नेपाली फुटवल टिम सेप्टेम्बर १ का दिन नै कुवेत आईसकेको छ ।

साँझ ७ः४५ बजेबाट कैफानको खेल मैदानमा हुने खेलमा पहिलो भिडन्त नेपाल कुवेत विच हुनेछ । गु्रप बी मा परेको नेपाल समुहमा अष्ट्रेलिया, जोर्डन, ताईपेइ र कुवेत छन् यो खेलमा क्वालिफाई हुने मुलुकले विश्वकपमा भाग लिन पाउनेछ ।

नेपालले कुवेतलाई हराउन त्यति सजिलो छैन तर पनि हार मानेर खेल खेलिन्दैन । खेलाडीहरुको मनोवल बढाउन मैदानमा उपस्थित दर्शकहरुको उत्साहले पनि निक्कै काम गर्ने भएकाले कुवेतवासी नेपालीहरु फूटवलको मैदानमा जान जरुरी देखिन्छ । सन १९८२ देखि सन २०१९ सम्म नेपाल कुवेत भएका जम्मा ६ खेलहरुमा नेपालको नतिजा शुन्य छ तर अघिल्ला खेलहरुको तुलनामा पछिल्ला खेलहरुमा नेपालको प्रर्दशन सन्तोषजनक देखिन्छ ।

यसपाली नेपाली दर्शकहरुलाई मैदानमा पुर्याउन एनआरएन कुवेतले सहजीकरणको थालनी गर्दै सवैमा सवै गतिविधी सूचित गराउँदै आएको पाईन्छ । यहाँ सम्म की विहिवार साँझमा खेल मैदान लान का लागि एनआरएनले कुवेत सीटीबाट खेल मैदान सम्मको लागि यातायातको समेत व्यवस्था गरेकोछ अत उक्त दिन नेपाल र कुवेतको खेल हेर्न मोवाईलको प्रयोग हैन मैदानको प्रयोग गरौ यसपटक कुवेत लाई हराउन तपाईको उपस्थिती अनिवार्य छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्।…

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो…

जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४०…

प्रतिकृयाहरू
...