Friday 19th June 2026

बकर इदमा साउनको सोमबार परेका कारण मुस्लिमले गरेनन् कुर्वानी


तितोपाटी- चारतको बिहार मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेका छैनन्। सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाइयो। सोे पर्वको पहिलो दिन मुसलमानहरुले बाख्राको कुर्वानी गरेर मनाउने गर्दछन्। तर, साउनको अन्तिम सोमबार हिन्दूहरुको विशेष पर्वलाई सम्मान गर्दै मुजफ्फपुरका ५ दर्जन बढी परिवारहरुले कुर्वानी नगरेका हुन्।

साउनको अन्तिम सोमबारको दिन सुरु भएको बकरीदको पहिलो दिन मुस्लिम परिवारहरुले कुर्बानी नदिएको सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुले दुई दिन अघि शनिवार मन्दिरको नजिक रहेको छाता बजार मस्जिदमा इमाम मौलाना शहीदुज्जमाको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गराएको जनाइएको छ।

बाबा गरीबनाथ मन्दिरमा साउनको अन्तिम सोमवार जलाभिषेकको लागि दुईलाखको हाराहारीमा शिव भक्तहरु उपस्थित हुन्छन्। त्यहाँ अन्तिम सोमबार ठूलो मेला पनि लाग्ने गर्दछ। यसैलाई केन्द्रीत गर्दै मुस्लिम परिवारहरुले यस्तो निर्णय गराएका हुन्। छाता बजार मस्जिद कमिटीका सचिव मो. आजादले कुर्बानीका कारण त्यस मन्दिरका शिवभक्तहरुलाई असहज हुनेदेखेर कुर्वानी नगर्ने निर्णय गरिएको जानकारी दिए। पछिल्ला दिनहरुमा भने कुर्वानी गरिने उनले स्पष्ट पारे।

छाता बजार मस्जिदमा आयोजित बैठकमा वार्ड पार्षद केपी पप्पू, सचिव मो. आजाद, सदस्य मो. इरशाद उर्फ सादू, दिलशाद अहमद, इम्तेयाज अहमद, शहनवाज अहमद, मो. चांद, जहीर अनवर उर्फ राजा, मो. आदिलका अलावा मन्दिर पक्षका समेत मानिसहरु सहभागी थिए।

पछिल्लो वर्ष पुरानो बजार तथा छाता बजारमा केहीले घुसपेठ गरेर यहाँको माहोल बिगार्ने प्रयास गरेका थिए। बकरीदका दिन जनावरको हड्डीहरु नालामा फ्याकिएको थियो। मोहल्लेको सानो मन्दिरको नजिकै सडकमा समेत केही अवशेष तथा हड्डिहरु देखिएको थियो। त्यतिबेला स्थानीयहरुले सुझबुझका साथ त्यहाँको स्थितिलाई नियन्त्रणमा लिएका थिए। त्यो स्थिति आउन नदिनको लागि साउनको अन्तिम सोमबार कुर्वानी नै नगर्ने निर्णय गरेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...