Sunday 1st November 2026

याैन ग्राहकलार्इ केटी खोजिदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ


तितोपाटी – शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।

उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए । यौन सम्र्पकका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले अनलाइनखबरलाई जानकारी दिए ।

रकम दिने व्यक्तिलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुबीच रकम लिएपछि महिलाका बिषयमा विवाद भएको थियो । महिला मिलाइदिने दुई व्यक्ति, महिला र रकम दिने व्यक्तिका बीचमा आपसी कुरा नमिल्दा घटना बाहिर आएको प्रहरीको अनुमान छ ।

त्यस्तै प्रहरीले मोवाइलमा अश्लिल भिडियोहरु अपलोड गरिदिने दुई जना मोवाइल पसल सञ्चालकलाई पक्राउ गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...