Friday 10th May 2024

राति अबेरसम्म बैंक खुला राख्न सरकारको निर्देशन


तितोपाटी – सरकारले असार मसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । ‍उक्त दिन राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । त्यस्तै, राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

उज्यालाे अनलाइनबाट साभार


सम्बन्धित शीर्षकहरु

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन…

तितोपाटी -सिटी हाइपरमार्केट साल्मियाहले एसियाली दूतावासहरूको सहभागितामा पहिलो पटक पाक, पर्यटन र सेवा महोत्सव यही मे 24, 2024 मा आयोजना…

प्रतिकृयाहरू
...