Saturday 20th June 2026

दर्शन ठकुरी समाज कुवेतद्वारा बाँकेका मृगौला पिडित आर्थिक सहयोग


तितोपाटी- दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी आए पछी उपचारको लागी आर्थिक सहयोग गरेको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् ।

उक्त सहयोग रकम सँस्थाकी सदस्य कविता शाहीले उपचार गराई राखेको अस्पताल मै गत आइतबार पिडित सिंह लाई हस्तान्तरण गरिएको हमालले बताए ।

श्रोतका अनुसार २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका र उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन । उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपाली लाई सक्दो सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...