Monday 6th July 2026

हुम्लामा जीप दुर्घटना भइ कर्णाली नदीमा खस्यो, १६ यात्रु सहित जीप नै वेपत्ता


तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।

जीप सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र याँचुतर्फ जाँदै गर्दा कर्णाली नदीमा खसेको हो। जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान गरिएको छ। जीपमा सवार सबैजना बेपत्ता भएका छन्। उद्धारकार्य जारी छ।

दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर खटिएको छ। यो समाचार तयार पार्दासम्म जीप र यात्रु भेटिएका छैनन्।घटनाको थप विवरण आउन बाँकी छ।


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...