Tuesday 18th August 2026

साकिरालाइ कर छलीको आरोप


तितोपाटी – कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो।

४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो स्टार साकिरा बार्सिलोनामा फूटबलर पति गेरार्ड पिके र दुई छोराका साथ बस्दै आएकी छन्। उनी स्थानीय समय अनुसार बिहान १० बजे अदालतमा उपस्थित भइन्।

आरोपकर्ताले साकिरा र उनका एक सल्लाहकारले स्पेनमा सन् २०११ देखि २०१४ सम्म बस्दा कर नतिरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सन् २०११ मा स्पेन आएपछि फूटबलर पिकेसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। त्यसयता स्पेनमै बस्दै आएकी साकिराले सन् २०१५ देखि मात्र कर तिर्दै आएकी थिइन्। साकिराको प्रतिरक्षा समूहले गायिकाको ठूलो आर्थिक आम्दानी अन्तर्राष्ट्रिय यात्राबाट भएको र उनी स्पेनमा ६ महिना भन्दा बढी समय नबसेकाले पनि अतिआवश्यक रूपमा कर तिर्नुपर्ने प्रावधान नहुने दाबी गरेका छन्।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गर्ने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइल (इण्टरसेप्टर) लगभग सकिएको…

प्रतिकृयाहरू
...