Sunday 25th October 2026

साकिरालाइ कर छलीको आरोप


तितोपाटी – कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो।

४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो स्टार साकिरा बार्सिलोनामा फूटबलर पति गेरार्ड पिके र दुई छोराका साथ बस्दै आएकी छन्। उनी स्थानीय समय अनुसार बिहान १० बजे अदालतमा उपस्थित भइन्।

आरोपकर्ताले साकिरा र उनका एक सल्लाहकारले स्पेनमा सन् २०११ देखि २०१४ सम्म बस्दा कर नतिरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सन् २०११ मा स्पेन आएपछि फूटबलर पिकेसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। त्यसयता स्पेनमै बस्दै आएकी साकिराले सन् २०१५ देखि मात्र कर तिर्दै आएकी थिइन्। साकिराको प्रतिरक्षा समूहले गायिकाको ठूलो आर्थिक आम्दानी अन्तर्राष्ट्रिय यात्राबाट भएको र उनी स्पेनमा ६ महिना भन्दा बढी समय नबसेकाले पनि अतिआवश्यक रूपमा कर तिर्नुपर्ने प्रावधान नहुने दाबी गरेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समयको निर्वासनपछि स्वदेश फर्किएकी छन्। उनले…

धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार…

प्रतिकृयाहरू
...