Wednesday 19th August 2026

ज्ञानेन्द्र शाहीलाई छाड्न सर्वोच्चको आदेश


तितोपटी – भ्रष्टाचार विरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र बहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो ।

अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।

१५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर काठमाडौं पठाइएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो ।

तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दाबी गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका थिए ।

-अनलाईन  खबर बाट


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...