Thursday 2nd May 2024

ट्रेड युनियन कांग्रेसमा पौडेल, सिटौला निकट आचार्य प्यानल बिजयी


नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनले पुष्कर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

राजधानीमा शनिबार सकिएको चुनावी मतपरिणाम अनुसार आचार्यले ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी खिलानाथ दाहालले ५३६ मत ल्याए।

वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको साथ पाएका आचार्यको प्यानल खुला एक सदस्यबाहेक अरु पद जितेको हो। सभापति शेरबहादुर देउवा नजिक दाहाल समूहले एक पद मात्रै जित्यो।

वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव ६६८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अयोध्याप्रसाद यादवले ५६७ मत ल्याएका हुन्।

उपाध्यक्ष खुलातर्फ ७९८ मतसहित तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्षमा ७२२ मत ल्याएर इन्दिरा सापकोटा, उपाध्यक्ष सेवातर्फ ७६१ मतसहित नेत्रविक्रम थापा, उत्पादनतर्फ उपाध्यक्षमा ८०८ मत ल्याएर ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षतर्फ ७४२ मतसहित आशा सिंह राठौर विजयी भए।

महासचिवमा योगेन्द्रकुमार कुँवरले ७४९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयप्रसाद मिश्रले ५५१ मत ल्याए।

उपमहासचिव खुलामा ७३० मतसहित ज्योति कोइराला विजयी भए।

उपमहासचिव महिलामा राधिका कुइँकेल ८२४ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कमला लामिछानेले ६६९ मत ल्याएकी छन्।

उपमहासचिव सेवातर्फ ८११ मतसहित सीताराम अवस्थी विजयी भए। निकटतम प्रतिद्वन्द्वी रञ्जन थापाले ५४३ मत ल्याए।

उपमहासचिव उत्पादनतर्फ ७२१ मत ल्याएर ईश्वर परियार विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी धीरेन्द्रकुमार सिंहले ५३६ मत ल्याए।

उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा ७१५ मत ल्याएर राजेख पालिखे विजयी भए। निकटतम प्रतिद्वन्द्वी आत्माराम पौडेलले ५५९ मत ल्याएका छन्।

७६९ मत ल्याएर मोहनकुमार बस्नेत कोषाध्यक्ष निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी ऋषभदेव घिमिरेले ५५३ मत ल्याएका हुन्।

सहकोषाध्यक्षमा ७९६ मत ल्याएर सुशीला घिमिरे विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी तारा कुमारी राईले ५१६ मत ल्याएकी थिइन्।

खुलातर्फ सदस्यमा दाहाल प्यानलबाट ५१९ मतसहित ध्रुवचन्द्र गौतम विजयी भए। उनले आचार्य प्यानलका प्रमोदप्रसाद जोशीलाई हराएका हुन्। जोशीले ५०३ मत ल्याएका थिए।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...