Sunday 26th April 2026

२६ वर्ष अघि मलेसिया गएका खोटाङका नरभक्त राइ अझै सम्पर्क विहिन


परिवारजन अझै पर्खाइमा

तितोपाटी – २६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए। मलेशिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान त्यसपछि सम्पर्क बिहिन बनेको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क जोरधाराकी दिलसरा राईले बताईन्। ‘पुर्खौली सम्पत्ती पनि पुग्दो थियो, तर आफ्नो लागि आफै कमाउँछु भन्दै विदेश जानु भएको थियो,’ दिलसराले भनिन्, ‘दुई वर्षसम्म सम्पर्क भयो। त्यसपछि केही अत्तो पत्तो छैन।’

कमाउन विदेशिएका श्रीमानको अत्तोपत्तो नहुँदा हाल दिलसरा र उनका परिवार चिन्तित छन्। लामो समयसम्म सम्पर्कमा नआउँदा हाल नरभक्त ‘मरेको वा बाँचेको’ भन्ने बारेमा परिवारलाई केही जानकारी छैन। २०१३ सालमा जन्मिएका नरभक्त र दिलसराको ९ वर्षको उमेरमा बिवाह भएको थियो। उनीहरुको चार छोरी र एक छोरा छन्। चार छोरी जन्मिएपछि कान्छो छोरा जन्मिएपछि नरभक्त मलेसिया गएका थिए। नरभक्त विदेशमै दोश्रो विवाह गरेर बसेको हुन सक्ने परिवारको अनुमान छ।

घरको आर्थिक समस्या हल गर्नका लागि विदेशिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टकासाथ बालबच्चा हुर्काए। चार छोरीको बिवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्। सम्पत्ती भित्रिने आशामा विदेशिएका श्रीमानबाटै उल्टै पीडा मात्र प्राप्त भएको दिलसराले बताईन्। ऐसेलुखर्क गाउँपालिकाकै माक्पा माईती भएकी उनी हाल ६३ वर्ष पुगिन्।

श्रीमान नहुँदा घरजग्गा पास गर्न समस्या
विदेशिएका श्रीमान वेपत्ता भएको पीडामाथि अहिले जग्गा सम्वन्धी लफडाले दिलसरा सताइएकी छन्। कजाइरहेको जग्गा श्रीमानको नाममा थिएन। सबै जग्गा श्रीमानको बाजेको नाममा छ। त्यी जग्गालाई श्रीमानको नाम हुँदै आफ्नो नाममा ल्याउन आफन्तबाटै बाधा अड्चन आउने गरेको दिलसराले बताईन्। ‘घर जग्गा बाजे ससुराको नाममा छ, त्यो जग्गा आफ्नो नाममा ल्याउन आफन्तले बाधा दिइरहेको छ,’ उनले भनिन्, ‘धेरै वर्ष भो घरजग्गाका लागि लड्न थालेको। आशा छ न्याय पाउने छु।’

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...