Saturday 25th April 2026

वैदेशिक रोजगारबाट फर्केकालाई टिभी ल्याउन रोक्नुपर्ने माग


तितोपाटी- आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरिएको छ ।

नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो ।

सीजीले वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने माग सहितको पत्र अर्थमन्त्रालयको राजस्व सचिवलाई पठाएको छ ।

पत्रमा भनिएको छ, ‘गत वर्षको बजेट वक्तव्यका साथ प्रस्तुत भएको आर्थिक विधेयकमा भएको संशोधनले नेपालमा रहेको टेलिभिजन उद्योगहरु बाँच्न नसक्ने अवस्था सृजना गरेको छ । विदेशबाट पैठारी हुने तयारी टेलिभिजन र नेपालमा उत्पादन हुने टिभीमा लाग्ने समस्टि राजस्वमा खासै फरक नभएकाले नेपाली उद्योग बन्द हुने अवस्था आएको छ । हजारौको रोजगारी पनि अन्त्य हुने अवस्था सृजना भएको छ ।’
नेपालमा नै उत्पादन हुने टेलिभिजन तथा घरायसी रुपमा प्रयोग हुने वस्तुहरुलाई कर छुट हुने ड्युटी फ्रि पसल राखी सो पसलमाफर्त सामान खरिद गराउनुपर्ने उनीहरुको माग छ ।

स्वदेशमा उत्पादन हुने र विदेशबाट ल्याउने टिभीमा उस्तै कर भएकाले पनि नेपाली व्यवसायीहरु मारमा परेको भन्दै आगामी आर्थिक विधेयक मार्फत विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन राजस्व सचिवको ध्यानाकर्षण गराइएको छ ।

सीजीले भनेको छ, ‘आर्थिक वर्ष २०७२÷०७३ मा ५ प्रतिशत अन्तशुल्क लागेको थियो । ०७३÷०७४ मा बढेर १० प्रतिशत पुग्यो । ०७४÷०७५ मा मूलय अभिवृद्धि ५० प्रतिशतभन्दा बढी रहेको र सो मूल्य अभिवृद्धि पछिको अन्तशुल्क गणना गर्दा यो दर २५ प्रतिशत हुन्छ ।’

वैदेशिक रोजगारमा गएकाहरुले कम्तीमा १२ महिना काम गरी फर्केपछि एक पटक ल्याएको ३२ इन्चको टिभीमा सम्पूर्ण महसुल कर छुट दिने व्यवस्था छ । तर यो व्यवस्थाले स्वदेशी उत्पादन मर्कामा परेको सिजीको गुनासो छ ।

अहिले वैदेशिक रोजगारमा गएकाहरुले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । यसरी ल्याएको टिभीमा कुनै पनि किसिमको कर तिर्नु नपर्ने छुट छ । यही व्यवस्थाको अन्त्य गर्न स्वदेशी व्यवसायीले लबिङ गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...