Sunday 2nd August 2026

पोखराको लेकसाइडमा २२ वर्षीया युवतीमाथि सामुहिक बलात्कार, करणी गर्ने ४ जना युवा पक्राउ


तितोपाटी – २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता रवीन्द्रमान गुरुङ रहेका छन् ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चारै जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

प्रतिकृयाहरू
...