Sunday 9th November 2025

दुइवटा मोटरसाइकल एक अापसमा ठोक्किंदा १ को मृत्यु


तितोपाटी-विपरित दिशाबाट अाएका २ मोटरसाइकल एक-अापसमा ठोक्किंदा १ जनको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका स्थित गेउरीयामा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यू भएको हो भने अरू दुईजना घाइते भएका छन्।

आइतबार राती कमल गाउँपालिका ६ स्थित भित्री सडक खण्डमा पाडाजुगीबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका मे ४ प १६५८ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ६ का २१ वर्षिय प्रवीण राजवंशीको उपचारका लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि बसेका मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ४ को लोकेश ठटाल घाइते भएका छन्। घाइते दुवैको दमक स्थित लाईलाईन अस्पतालमा उपचार भइरहेको र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए।


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...