Saturday 26th July 2025

मोरङसुनसरी सेवा समाज कुवेतद्धारा आर्थिक  सहयोग हस्तान्तरण 


तितोपाटी – मोरङसुनसरी सेवा समाज कुवेतले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ६ स्थायी घर भएका रबिन बराइलीका वर्ष १ का छोरा श्रेअन बराइलीको उपचारको लागि नेपाली रु. ३७,५९५ ( सैंतीस हजार पाँच सय पन्चानब्बे रुपैयाँ ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

श्रेअन अचानक कोक्रोबाट खस्दा देब्रे खुट्टा भाचिएको थियो । उनलाई तुरुन्तै उपचारका लागि काठमाडौका विभिन्न अस्पतालमा पुर्याइएको थियो । तर दुर्भाग्यवश उनको खुट्टा काट्नु पर्ने भएको थियो । हाल उनको उपचार काठमाडौ स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भइरहेको छ । घरको आर्थिक अवस्था कम्जोर भएकोले  उपचारमा समेत निकै कठिन भइरहेको उनका बाबा रबिन बराइली बताएका छन ।

कुवेतको नेपाली समाजमा ‘मोरङसुनसरी सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको मुख्य उदेश्य ‘ भन्ने मूल नारालाई संस्थाको आर्दश र सिद्धान्तका रूपमा आत्मासाथ गर्दै स्थापन भएको समाजले कुवेतमा रोजगारीको सिलसिलामा आएर अलपत्र परेका, आपत बिपत्तिमा परेका नेपालीहरुको उद्धार गर्दै आएको छ । समाजले स्वदेशमा समेत दुखी, गरीब र असहायहरु लाई सक्दो आर्थिक सहयोग गर्दै आएको छ ।

मोरङसुनसरी सेवा समाज कुवेतका अध्यक्ष अरुण लिम्बू, कोषाध्यक्ष रोहिनी लिम्बू र अध्यक्षको धर्मपत्नी लगायतले उक्त आर्थिक रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । श्रेअनका बाबा आमाले थप उपचारका लागि देश तथा बिदेशमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई आर्थिक सहयोगको अपिल गरेका छन ।
सहयोगको लागि :
खाता नम्बर..115004249910
श्रेअन बराइली
राष्ट्रिय वाणिज्य बैंक, काठमाडौं.
मोबाइल.. 9811089674
आमा ललिता बराइली (नेपाल )
बाबा रबिन बराइली (नेपाल )
कुमार बराइली (कुवेत ) 97253087


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...