Wednesday 14th May 2025

बारा र पर्सामा आँधीबाट ३५ जनाको मृत्यु, सहयोगको लागि प्रदेश सरकारको अपिल, प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दै


तितोपाटी – प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित उद्दारमा जुटेका छन् ।

प्रदेश सरकारले मृतकका परिवारलाइ ३ लाख रूपैयाँ दिने तथा घाइतेहरूको उपचार खर्च पनि व्यहोर्ने निर्णय गर्दै आँधी-हुरी पीडितलाई सहयोग गर्न सबैमा अपिल गरेको छ भने आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको खवरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राहत र उद्दारमा सबैलाइ जुट्न अाह्वान गर्दै गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर प्रभावित जिल्ला जाने भएका छन् । रातको समयमा आएको आँधी हुरीले बाराका अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएपछि अन्न लत्ता कपडाकाे अभावमा बृद्ध – बृद्धा बालबच्चाहरुको बिचल्ली भएको छ ।

यसै विच सभामुख कृष्ण बहादुर महराले उद्दारलाइ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् भने आँधी प्रभावित क्षेत्रमा उद्दारमा जुट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष कमल थापा लगायतले अाफ्ना कार्यकर्तालाइ निर्देशन दिएका छन् भने सत्तारूढ दलका विद्यार्थी संगठनहरू राहत उद्दारमा परिचालित भैसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...