Sunday 25th October 2026

नेपाली राजदूतावास ओमानले ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारलाइ क्षतिपुर्ति दिलायो


तितोपाटी – ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका छन् । मस्कटस्थित नेपाली दूताबासको सक्रियतामा ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका हुन् ।

इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन् ।

अरुको बाँकी तलब, जीवन विमा लगायतको रकम पाएको नेपाली दूताबासले जनाएको छ । पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले बाँकी तलब र सेवा अन्त्य गर्दाको लाभ गरी १४ सय ९५ ओमानी रियल पाएका छन् ।

सुनसरीका शुक्रराज मगरको परिवारले वेलफेयर फण्डबाट २ हजार ७, धनकुटाकी गंगाकुमारी राईको परिवारले वर्कम्यान कम्पनसेसन बराबरी ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब लगायतबाट २ हजार ८४ ओमानी रियाल पाउने भएका छन् ।

रुपन्देहीका बिमल गुरुङको परिवारले जीवन बीमाबाट ५ हजार, तनुहँकका बिष्णुबाबु तिवारीको परिवारले उपदानबापत ७ हजार १०७ र सुनसरीका शुक्रराज मगरको परिवारले वर्कम्यान कम्पनसेसन इन्स्युरेन्सबाट ५ हजार ओमानी रियल पाउने भएका छन् ।

ओमानस्थित नेपाली दूताबासका अनुसार यो रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमा पठाएको छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...