Tuesday 10th March 2026

म्याग्दीकाे एक युवाको फेवातालमा डुबेर मृत्यु


तिताेपाटी -पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्षमा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

पोखरा १८ सेदीबगर नजिकै शनिबार बिहान साढे १० बजे उनी तालमा डुबेका थिए । तालका कसरी डुबे भन्ने बारेमा अनुसन्धान भइरहेको भए पनि प्रारम्भिक अनुसन्धानबाट उनले तालमा हामफालेको अनुमान प्रहरीले गरेको छ ।

-अन्नपूर्ण पाेस्ट


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...