Wednesday 13th August 2025

सिकेसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गर्नुपर्छ : देउवा


तीतोपाटी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसंगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।’

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

साभार-अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ११ वर्षको कार्यकालको सबैभन्दा चुनौतीपूर्ण अवधिमध्ये एकबाट गुज्रिरहेका छन्। प्रमुख शत्रु पाकिस्तानसँगको विवादास्पद…

सिन्धु सन्धिको बारेमा, असीम मुनिरले भने कि पाकिस्तानले भारतले बाँध निर्माण गर्न पर्खनेछ र जब यसले बनाउँछ, "हामी यसलाई १०…

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रतिकृयाहरू
...