Thursday 15th January 2026

विप्लवको गाउँमा प्रहरीको छापा, प्रहरीको गोलीबाट कार्यकर्ता घाइते


तिताेपाटी — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे ।

त्यस्तै, त्यस्मा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९ थान गोली, ४० मिटर वायरिङ तार र एउटा रिमोर्ट पनि बरामद गरेको छ। नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान उनको घरमा सर्च गरेका थिए।

हतियार बरामद भएपछि भाग्न खोज्दा रोक्का घाइते भएका छन्। प्रहरीले खुट्टा तल गोली प्रहार गरेर उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

रोक्का पक्राउ परेपछि उनलाई छुटाउन माओवादी कार्यकर्ताले नेपाल राष्ट्रिय निमाविका विद्यार्थीलाई प्रयोग गरेका थिए। विद्यार्थीहरुले पक्राउ परेका व्यक्ति छाड्न दबाब दिन नाराबाजी गरेका थिए।

विद्यार्थी सडकमा उत्रिएपछि प्रहरी पछि हटेको थियो। प्रहरी र विद्यार्थीबीच केही बेर तनाब भएको थियो। प्रहरीले अन्य केही घरहरुमा पनि छापा मारेको बताइएको छ।

विस्तृत विवरण आउन बाँकी छ। प्रहरीको संयुक्त टोली अहिले सुन्दरी डाँडास्थित इलाका प्रहरी कार्यालय फर्किएको छ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...