Wednesday 24th June 2026

निर्मला हत्या प्रकरण : यातना दिएकाे र प्रमाण मेटाएकाे आरोपमा ६ प्रहरी हिरासतमा, प्रारम्भिक बयान सकियो


तिताेपाटी — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण नष्ट गरेकाे आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

उनका अनुसार मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ। ‘आजदेखि थुनछेक बहस सुरु भएको छ,’ उनले भने, ‘त्यतिबेलासम्म सबै प्रहरी हिरासतमै हुन्छन्।’

उनका अनुसार यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन्। यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो। प्रमाण मेटाएको आरोपमा यातनामा जोडिएका ४ सहित थप ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

निलम्बित डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका हुन्। उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ।

श्रेष्तेदार अवस्थीले ६ जनाको प्रारम्भिका बयान सकिएको बताए । उनले भने, ‘अब सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।’

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। निर्मला घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिप बिष्टका दाजु खडकले यातना कसुर र निर्मलाकी आमा दुर्गाले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन्।
– कान्तिपुर

सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...