Sunday 10th August 2025

तलब नपाएपछि त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी आन्दोलनमा


तीतोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।

अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताउनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिनुभयो । 


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...