Thursday 25th June 2026

आमा बिरामी भएपछि पूर्वराजाले रद्द गरे मध्य तराईको भ्रमण


तीतोपाटी-पूर्व मुमा बडामहारानी रत्न बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वनिर्धारित मध्य तराईको भ्रमण स्थगित भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले पूर्वराजा ज्ञानेन्द्रले पूर्वनिधारित मध्य तराईको भ्रमण रद्द गरेर बुधबार राजधानी फर्किन लागेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आज उनी काठमाडौं फर्किएपछि आमाको हेरचाहमा खटिनेछन् ।

शाहले आजदेखि धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

गत सातादेखि  ?घा, खोकी लगायतका कारण अस्वस्थ ९१ बर्षीय पूर्व बडामहारानीलाई मंगलबार नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।

रत्नलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको हुँदा अस्पतालमा भर्ना गर्नुपरेको अस्पतालले बताएको छ ।

उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, ड मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...