Friday 27th March 2026

ओलिको गृहजिल्लामा राजा फिर्ता ल्याउन उर्लियो जनसागर


तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा शुरु गरेको छ । यात्राको क्रममा आज दोस्रो दिन झापाको विर्तामोडमा प्रतिकुल मौसमका बाबजुद पनि बिशाल जनसागर उर्लिएको छ । राप्रपाले रांके, ईलाम, फिक्कलमा सभा गर्दै विर्तामोडको ऐतिहासिक आमसभालाई सम्बोधन गरेको थियो ।

उपस्थित भिडले पुर्ण राप्रपा एकता आजको आवस्यकता भन्दै हिन्दूराष्ट्र र राजतन्त्र पुनरवाहीलीको नारा समेत लगाएका थिए । विर्तामोठ सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत शिर्ष नेता तथा विभिन्न धार्मिक गुरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई जानकारी दिइनाका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने भएको छ ।

पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ । यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइने छ ।

सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनुपर्ने लगायत सन्देश यात्राका क्रममा फैलाइने भएको छ ।

सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल आरक्षणको सुविधाबाट वञ्चित तर आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याइनुपर्नेलगायत सामाजिक विषयवस्तुमा देशव्यापी रुपमा सशक्त कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।

यसैगरी पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउन गर्न माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न सरकारलाई सुझाएको छ ।

कम्तीमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वयन गरी रोजगारीको अवसर नपाएकालाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नलगायत २२ बुँदे माग गर्दै यही फागुन ७ गतेदेखि देशभर राजनीतिक गतिविधिसमेत सञ्चालन उक्त पार्टीले सञ्चालन गर्दै आएको छ ।

पार्टीले उठाएका मागमध्ये महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गरिनुपर्ने, सबै प्रकारका जातीय विभेद र छुवाछूत अन्त्य गरिनुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक कर अन्त्य गरी तीन तहका सरकारबाट लगाइएका दोहोरो कर हटाउनुपर्नेजस्ता विषयमा जोड दिएको छ ।यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...