Sunday 6th September 2026

दाङमा टोले गुण्डाको आतंक, दिउँसै खुकुरी प्रहार


तीतोपाटी-दाङको तुलसीपुरमा टोले गुण्डा असिमसिंह राठोरको समूहले ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि सांघातिक आक्रमण गरेको छ ।

तलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ट्याक्सीपार्कमा हमाललाई शुक्रबार अपरान्ह ३ बजे मास्क लगाएर आएका राठोरसहितका ३–४ जनाको समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । खुकुरी प्रहार के कारणले भएको थियो खुल्न नसकेको डिएसपी घर्तीले बताए । घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।

हमाललाई खुकुरी प्रहार गरेको सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल प्रस्थान गरेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले खुकुरी प्रहार गर्ने राठोरलाई पक्राउ गरिएको जानकारी दिए । खुकुरी प्रहार गर्ने अन्य केही युवाहरू फरार रहेको र खोजतलास भैरहेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका ५ ट्याक्सीपार्कस्थित रक्षाचौर बस्ने २७ वर्षीय हमाललाई तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु बस्ने २१ वर्षीय राठोरसहितका ३–४ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमाललाई उपचारको लागि नेपालगंज पठाइएको छ । हतियार प्रहार गरी फरार रहेका राठोरलाई भाग्दै गरेको अबस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवाको जंगलबाट नियन्त्रणमा लिइएको डिएसपी शाहीले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...