Sunday 10th August 2025

वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ


तीतोपाटी- वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भीमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेका थिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले  १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए ।

 उनलाई हर्जाना सहितको बिगो रकम ५ लाख २५ हजार दिलाई दिने फैसला समेत भएको थियो ।

भिमप्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि  केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

प्रतिकृयाहरू
...