Wednesday 24th June 2026

वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ


तीतोपाटी- वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भीमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेका थिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले  १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए ।

 उनलाई हर्जाना सहितको बिगो रकम ५ लाख २५ हजार दिलाई दिने फैसला समेत भएको थियो ।

भिमप्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि  केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...