Saturday 28th December 2024

गजल


-हरि कंडेल

भावीले दु:ख कष्ट लेखी दिएको निधार भए पछि।
लागे परदेश आफ्नै देशमा म बेरोजगार भए पछि।

जिन्दगीको अनुभव बाट भन्छु सीप सिक्नु होला,
पछुताउनु पर्छ नत्र बिदेश आउन हतार भए पछि।

देश भित्र रेमिटेन्स अर्बौं खर्बौं भित्र्याए पनि हेर्नु।
बिकास हुन सक्दैन देशमा भ्रष्टाचार भए पछि।

आज स्वर्गमा सहिदहरु रोएको सपना देखे मैले,
जनतालाई त्रिपाल नेताहरूलाई दरबार भए पछि।

नेपाल आमाको माया मेरो मुटुमा छ धड्कनमा छ,
फर्की आउने छु सपनाहरू मेरा साकार भए पछी।

नोटः गजलकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सँग सम्वद्ध सर्जक हुन ।


सम्बन्धित शीर्षकहरु

ढाका: अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराधको धेरै आरोपहरूको सामना गर्ने छ, देशको अन्तरिम सरकारले भारतलाई सुपुर्दगी अनुरोध…

अफगानिस्तानको तालिवान सरकारले २४ डिसेम्बर राति पाक्टिकाको बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये…

रियाद: साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयले हालै नेपालमा आयोजित कुरान कण्ठ प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेको छ, जसमा केटा र केटीहरूका…

प्रतिकृयाहरू
...