Monday 28th July 2025

बाजुरामा ४७ वर्षको मानिसबाट १२ वर्षीया किशोरी बलात्कृत


तितोपाट – बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएको प्रहरीले जनाएको छ ।

‘छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गरेकी थिइन् । त्यसपछि घटना थाहा भएको हो’ डिएसपी भाटले भने, ‘आमाले नै प्रहरीलाई जानकारी गराएपछि थापालाई पक्राउ गरिएको हो ।’थापाले बलात्कार स्वीकार गरिसकेको प्रहरीको भनाए छ । ‘प्रहरीसमक्ष बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेका छन्’ डिएसपी भाटले भने । थापाका २ छोरा र १ छोरी छन् ।

छोराबाट नातीहरुसमेत भइसकेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...