Wednesday 21st October 2026

बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो, ५३७ विदेशी सहित ९ सय बढी अझै बेपत्ता


नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्।

नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। बेपत्तामध्ये ५३७ विदेशी नागरिक रहेको विवरण सार्वजनिक गरिएको छ, जसमा भारतीय, अमेरिकी, युक्रेनी, मलेसियाली, अष्ट्रेलियाली र बेलायती नागरिकहरू पनि छन्।

बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरिएको सरकारले जनाएको छ । नेपाली सेनाका ६ र निजी ९ गरी १५ वटा हेलिकप्टर उद्धारका लागि खटिएको पनि सरकारले जनाएको छ । त्यस्तै, चार वटा हेलिकप्टरमार्फत खाद्य तथा अन्य सामाग्री प्रभावित स्थानमा पठाइएको पनि सरकारले जनाएको छ ।

तिब्बततर्फ तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ अधिकारीहरूका अनुसार हालसम्म ५५५ पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...