Monday 21st September 2026

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला


एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग प्रयोग गरी काठमाडौं–धादिङ आवतजावत गर्न अनुमति दिइएको छ।

यसअघि सुरुङमार्ग आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको थियो। अहिले परीक्षणस्वरूप निजी सवारीलाई प्रवेश दिइएको र प्राप्त अनुभव तथा समस्याको मूल्यांकनपछि अन्य सवारीसाधनलाई पनि क्रमशः सञ्चालन अनुमति दिइने जनाइएको छ।

सुरुङमार्गभित्र अधिकतम ४० किलोमिटर प्रतिघण्टा गति कायम गर्नुपर्ने, हेडलाइट बाल्नुपर्ने, ओभरटेक गर्न नपाइने तथा सवारी रोक्न नहुने नियम लागू गरिएको छ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको देशकै पहिलो व्यवस्थित सुरुङमार्गमा २.६८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङ रहेको छ। नियमित सञ्चालनपछि विभिन्न सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...