Friday 30th October 2026

युवालाई लत लगाएको आरोपमा मेटाविरुद्ध मुद्दा सुनुवाइ सुरु


फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु भएको छ।

क्यालिफोर्नियाको संघीय अदालतमा चलिरहेको यस मुद्दामा २९ अमेरिकी राज्यहरूको तर्फबाट चार राज्यले मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। उनीहरूको आरोप छ कि कम्पनीले बालबालिकाको गोपनीयता सम्बन्धी कानुन उल्लंघन गरेको छ।

क्यालिफोर्नियाको पक्षका वकिलले मेटाको व्यापारिक मोडल “प्रयोगकर्तालाई आकर्षित गर्ने, सकेसम्म लामो समय प्लेटफर्ममा राख्ने, उनीहरूको डेटा संकलन गर्ने र वास्तविकता लुकाउने” भएको दाबी गरेका छन्।

मेटाले भने आरोपहरू अस्वीकार गर्दै युवाको सुरक्षाका लागि कम्पनी लामो समयदेखि प्रतिबद्ध रहेको जनाएको छ।

छदेखि आठ हप्तासम्म चल्ने अपेक्षा गरिएको यस सुनुवाइमा मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले पनि बयान दिने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...