Wednesday 28th October 2026

गर्मीमा फलफूल सेवन: स्वस्थ जीवनको सरल उपाय


अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन सम्बन्धी समस्या हुने गर्छ । शरीरमा पानीको मात्रा कम भएर शरीरमा जलवियोजन समेत हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउन, मुखमा स्वाद तथा भोक जगाउन फलफुल सेवन गर्नु पर्छ । गर्मी मौसममा स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरी, आँप, मेवा, अनानास, आरु, चेरी, खरबुजा, तरबुजा, किवी, स्याउ, सुन्तला, कागती लगायतका फलफूल ताजा, स्वादिष्ट र पौष्टिक हुने भएकाले नियमित सेवन गर्नु स्वास्थ्यको लागि एकदमै लाभदायक मानिन्छ ।

यी फलफूलमा भिटामिन C, भिटामिन A, फाइबर, पोटासियम तथा एन्टिअक्सिडेन्ट प्रशस्त पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुधार्ने, शरीरलाई हाइड्रेट राख्ने तथा मुटु र छालाको स्वास्थ्यमा फाइदा पुग्ने हुँदा गर्मी सिजनमा यस्ता फलफुल प्रशस्त मात्रामा सेवन गर्नु पर्छ ।

विशेषगरी तरबुजा, खरबुजा, स्ट्रबेरी, आरु र अनानास गर्मीयाममा शरीरलाई पानीको कमी हुन नदिन उपयोगी मानिन्छन्। फलफूललाई स्मुदी, सलाद, जुस, दही तथा स्वस्थ खाजाका रूपमा सेवन गर्न पनि सकिन्छ । त्यसै गरि चुकुन्दर, गाजर, केरा जस्ता फलफुलको मिश्रण गरि जुस बनाएर पिउँदा यस्ता फलफुलमा अाइरन तत्वको मात्रा बढि हुने भएकोले रक्त अल्पता हुनबाट समेत जोगाउँछ ।

यद्यपी, फलफूल स्वस्थ आहारको महत्वपूर्ण हिस्सा भए पनि सन्तुलित मात्रामा सेवन गर्न र एलर्जीको समस्या देखिएमा भने चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु पर्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...