Wednesday 21st October 2026

कुवेतमा भिजिट भिसाबाट १५० केडि शुल्क तिरेर रेसिडेन्सी भिसा बनाउन पाइने


कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD 150) शुल्क निर्धारण गरेको छ। यो व्यवस्था आन्तरिक मन्त्रालयको निर्णय नं. १०९१/२०२६ मार्फत लागू गरिएको हो।

नयाँ संशोधनअनुसार, भिजिट भिसामा कुवेत आएका योग्य व्यक्तिहरूले रेसिडेन्सीमा परिवर्तन गर्दा अनिवार्य रूपमा उक्त शुल्क तिर्नुपर्नेछ। यो प्रावधान विदेशीहरूको बसोबास कानुनको कार्यान्वयन नियमावलीको धारा ३९ मा थपिएको नयाँ व्यवस्थाअन्तर्गत आएको हो।

यद्यपि, घरेलु कामदार (Domestic Workers) तथा सोही श्रेणीका व्यक्तिहरूलाई यो शुल्कबाट छुट दिइएको छ। सरकारका अनुसार यसले श्रमसम्बन्धी विशेष वर्गका कामदारहरूलाई सहजता प्रदान गर्ने उद्देश्य राखेको छ।

आन्तरिक मन्त्रालयले सम्बन्धित सबै निकायलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। यो नियम आधिकारिक राजपत्र Kuwait Alyoum मा प्रकाशित भएसँगै तत्काल लागू भएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...